२३ जेठ २०८३, शनिबार

शाहरुखको फिल्ममा खेल्न भन्दै सलमान पुगेपछि सवै हैरान

कात्तिक २०, २०७४
शाहरुखको फिल्ममा खेल्न भन्दै सलमान पुगेपछि सवै हैरान
भारतमा चर्चामा रहेका कलाकारहरुको सम्बन्ध उतार चढावका बीच चल्ने गरेको छ । चर्चामा रहेका अभिनेताहरु सलमान, शाहरुख, आमिरले एक अर्काका फिल्ममा अभिनय गर्ने गरेका कम मात्र देख्न पाइन्छ ।

धेरै वर्ष अघि करण अर्जुन फिल्म बनेको थियो जसमा सलमान र शाहरुखको दोस्ती निकै मन पराइएको थियो । तर त्यसपछि उनीहरुको भूमिका रहेको अर्को त्यस्तो फिल्म दर्शकले हेर्ने मौका पाएका छैनन ।

त्यस्तै आमिर र शाहरुखको भूमिका रहेको एउटै फिल्मबारे पनि बेलाबेलामा चर्चा हुने गरेको भएपनि त्यो देखिएको छैन ।

तर पछिल्लो चरण सलमान खानको फिल्म ट्युवलाइटमा शाहख खान सानो भूमिकामा देखिएका छन् । यसको बदलामा सलमन पनि उनका लागि केही गर्न चाहन्थे ।

जब शाहरुले आफ्नो आगामी फिल्ममा सानो भूमिकामा खेल्नका लागि सलमानलाई प्रस्ताव गरे तव सलमानले तत्कालै आफ्ना सम्पूर्ण काम बन्द गरे र शाहरुखको फिल्म शुटिङको सेटमा पुगे ।

आनन्द एल रायको निर्देशनमा बन्न लागेको शाहरुखको यो फिल्मको सेटमा शाहरुखसँग सलमानको तस्वीर इन्टरनेटमा निकै चर्चामा रह्यो । मुम्बइ मिररमा छापिएका समाचार अनुसार सलमान, शाहरुखले आनन्द एल राउसँग फिल्मको शट बारेमा छफलफल गरेका थिए ।

यस फिल्मको गीतको कोरियोग्राफी रेमो डिसुजाले गरेका छन् । यो गीत निकै हिट हुने अनुमान गरिएको छ । किनकी रेमोले यो गीतका लागि भनेर आफ्नो शोबाट समेत विदा लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्