१७ असार २०८३, बुधबार

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

फागुन २१, २०७८
गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन
फाइल फोटो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रवार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।’

श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ । सडक डिभिजन र शहरी विकास विकास मन्त्रालयमार्फत ५ करोड रुपैयाँको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट २ करोड र शहरी विकास मन्त्रालयबाट ३ करोड विनियोजन भएको थियो । 

उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, ३ हजार मिटर नाला र ४ हजार मिटर सडक ग्राभेल गरिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्