२५ जेठ २०८३, सोमबार

गरीबी निवारणका लागि वन उपभोक्तालाई हस्तकला तालिम

फागुन २१, २०७८
गरीबी निवारणका लागि वन उपभोक्तालाई हस्तकला तालिम
प्रतिकात्मक तस्वीर

गरीबी निवारणका लागि नवलपुरको एक सामुदायिक वनले आफ्ना उपभोक्तालाई सीपमूलक तालिम सञ्चालन गरेको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट–१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन शुरू गरेको हो ।

वनले महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत शुक्रवारदेखि १७ महिलालाई हस्तकलासम्बन्धी तालिम दिन शुरू गरेको हो । ७ दिने तालिम शुक्रवार गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले शुभारम्भ गर्दै  उद्यमशील र स्वरोजगार बन्न आग्रह गरे ।

गैंडाकोटमा केबलकार निर्माण भएपछि आन्तरिक पर्यटक बढ्ने र हस्तकलाको बजार पनि बढ्ने भएकाले हस्तकलाका सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्न सकिने उनको भनाइ थियोे । 

सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले विगतका कार्यक्रमबाट महिलाहरू स्वरोजगारका साथै स्वावलम्बी पनि भएकाले सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

महिला सशक्तीकरण समिति संयोजक इन्दिरा शर्माले तालिम लिएका सहभागीले उत्पादन गरेका सामग्रीलाई बजारीकरणका लागि समेत सामुदायिक वनले संयोजन गर्ने जानकारी दिइन् । सबडिभिजन वन कार्यालयका प्रमुख सूर्यसिंह गुरुङले वन विकास कार्यक्रममा  रहेको बजेटबाट  महिला सशक्तीकरणको कार्यक्रम अघि बढाइनुपर्नेमा जोड जोड दिए ।

सहभागी प्रतिक्षार्थीले अवसरलाई उद्यमशीलतामा परिणत गर्न सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्