२१ जेठ २०८३, बिहीबार

पाँच नम्बर प्रदेश : पाँच ठाउँको मात्र ‘रिजल्ट’ बाँकी, एमाले पहिलो

कात्तिक २०, २०७४
पाँच नम्बर प्रदेश :  पाँच ठाउँको मात्र ‘रिजल्ट’ बाँकी, एमाले पहिलो
काठमाडौं, २१ असार– दोस्रो चरणको स्थानीय तहको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । दोस्रो चरणमा चुनाव सम्पन्न भएको १, ५ र ७ प्रदेशका ३ सय ३४ मध्ये अब केही स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ ।

एमालेले १३४ स्थानीय तहमा जीत हात परेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ सय १७ स्थानीय तहमा जीत निकालेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३६ स्थानीय तहमा जीत निकालेको छ ।

६ स्थानीय तह जितेको संघीय समाजवादी फोरम चौथो स्थानमा छ भने फोरम लोकतान्त्रिकले पनि समान ६ स्थानीय तहमा जीत निकालेको छ ।

त्यस्तै राप्रपाले ४ स्थानीय तहमा जीत निकालेको छ भने राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जीत निकालेको छ । त्यस्तै दुई स्वतन्त्र उम्मेदवारले दोस्रो चरणको चुनावमा जीत निकालेका छन् ।

१२ जिल्ला रहेको ५ नम्बर प्रदेश नम्बरमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । 

दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम (पूर्व), नवलपरासी (पश्चिम), गुल्मी र पाल्पा जिल्ला रहेको प्रदेशमा ५ हजार १ सय ३३ जनप्रतिनिधिहरू चयन हुनेछन् । 

पछिल्लो मतपरिणाम अनुसार यो प्रदेश नेकपा एमालेले अग्रता बनाएको छ ।  एमालेले ५ नम्बर प्रदेशको ४० स्थानमा जित निकालेको छ भने नेपाली कांग्रेसले ३२ स्थानीय तहमा जितेको छ ।

माअवादी केन्द्रले १९ स्थानीय तहमा जितेको छ । पाँच नम्बर प्रदेशमा अब पाँच स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । जहाँ ३ स्थानमा एमाले र दुर्इ स्थानमा स्वतन्त्र उम्मेदवाहरूको अग्रता छ ।

एमालेले जितको ४० स्थान

– तिलोत्तमा नगरपालिका, रूपन्देही

– सैनामैना नगरपालिका, रूपन्देही

– कञ्चन गाउँपालिका, रूपन्देही

– शुद्धोदन गाउँपालिका, रूपन्देही

– सियारी गाउँपालिका, रूपन्देही

– त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी

– बर्दघाट नगरपालिका, नवलपरासी

– विजयनगर गाउँपालिका, कपिलवस्तु

– शिवराज नगरपालिका, कपिलवस्तु

– तानसेन नगरपालिका, पाल्पा

– तिनाउ गाउँपालिका, पाल्पा

– निस्दी गाउँपालिका, पाल्पा

– पूर्वखोला गाउँपालिका, पाल्पा

– रिब्दीकोट गाउँपालिका, पाल्पा

– रम्भा गाउँपालिका, पाल्पा

– मुसीकोट नगरपालिका, गुल्मी

– रेसुङ्गा नगरपालिका, गुल्मी

– मालिका गाउँपालिका, गुल्मी

– इस्मा गाउँपालिका, गुल्मी

– मदाने गाउँपालिका, गुल्मी

– रुरु गाउँपालिका, गुल्मी

– छत्रकोट गाउँपालिका, गुल्मी

– मालारानी गाउँपालिका, अर्घाखाँची

– माण्डवी गाउँपालिका, प्यूठान

– सरूमारानी गाउँपालिका, प्यूठान

– स्वर्गद्वारी नगरपालिका, प्यूठान

– त्रिवेणी गाउँपालिका, रोल्पा

– रून्टीगढी गाउँपालिका, रोल्पा

– घोराही उपमहानगरपालिका, दाङ

– लमही नगरपालिका, दाङ

– गढवा गाउँपालिका, दाङ

– दंगीशरण गाउँपालिका, दाङ

– बबर्इ गाउँपालिका, दाङ

– कोहलपुर नगरपालिका, बाँके

– बैजनाथ गाउँपालिका, बाँके

– जानकी गाउँपालिका, बाँके

– खजुरा गाउँपालिका, बाँके

– ठाकुरबाबा नगरपालिका, बर्दिया

– बढैया ताल गाउँपालिका, बर्दिया

– बाँसगढी नगरपालिका, बर्दिया

नेपाली कांग्रेसले जितेको ३२ स्थानीय तह 

– बुद्धभूमि नगरपालिका, कपिलवस्तु

– वाणगंगा नगरपालिका, कपिलवस्तु

– कपिलवस्तु नगरपालिका, कपिलवस्तु

– महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

– यशोधरा गाउँपालिका, कपिलवस्तु

– प्रतापपुर गाउँपालिका, नवलपरासी

– सुनवल नगरपालिका, नवलपरासी

– रामग्राम नगरपालिका, नवलपरासी

– मायादेवी गाउँपालिका, रूपन्देही

– देवदह नगरपालिका, रूपन्देही

– रामपुर नगरपालिका, पाल्पा

– माथागढी गाउँपालिका, पाल्पा

– रैनादेवी छहरा गाउँपालिका, पाल्पा

– बगनाशकाली गाउँपालिका, पाल्पा

– गुल्मी दरबार गाउँपालिका, गुल्मी

– चन्द्रकोट गाउँपालिका, गुल्मी

– सत्यवती गाउँपालिका, गुल्मी

– कालीगण्डकी गाउँपालिका, गुल्मी

– सन्धिखर्क नगरपालिका, अर्घाखाँची

– छत्रदेव गाउँपालिका, अर्घाखाँची

– शीतगंगा नगरपालिका, अर्घाखाँची

– पाणिनी गाउँपालिका, अर्घाखाँची

– ऐरावती गाउँपालिका, प्यूठान

– नौबहिनी गाउँपालिका, प्यूठान

– गौमुखी गाउँपालिका, प्यूठान

– लुंग्री गाउँपालिका, रोल्पा

– शान्तिनगर गाउँपालिका, दाङ

– राजपुर गाउँपालिका, दाङ

– राप्ती गाउँपालिका, दाङ

– डुडुवा गाउँपालिका, बाँके

– राप्तीसोनारी गाउँपालिका, बाँके

– गेरूवा गाउँपालिका, बर्दिया

– गुलरिया नगरपालिका, बर्दिया

माओवादीले जितेको १९ स्थानीय तह

– भूमे गाउँपालिका, रुकुम

– सिस्ने गाउँपालिका, रुकुम

– पुथा उत्तरगंगा गाउँपालिका, रुकुम

– थवाङ गाउँपालिका, रोल्पा

– सुनछहरी गाउँपालिका, रोल्पा

– सुकीदह गाउँपालिका, रोल्पा

– रोल्पा नगरपालिका, रोल्पा

– दुर्इखोली गाउँपालिका, रोल्पा

– माडी गाउँपालिका, रोल्पा

– सुवर्णावती गाउँपालिका, रोल्पा

– बार बर्दिया नगरपालिका, बर्दिया

– मधुवन नगरपालिका, बर्दिया

– राजापुर गाउँपालिका, बर्दिया

– पाल्हीनन्दन गाउँपालिका, नवलपरासी

– धुर्कोट गाउँपालिका, गुल्मी

– भूमिकास्थान नगरपालिका, अर्घाखाँची

– बंगलाचुली गाउँपालिका, दाङ

– अोमसतिया गाउँपालिका, रूपन्देही

– प्यूठान नगरपालिका, प्यूठान

समाजवादी फोरमले जितेका५स्थानीय तह 
 

– गैडहवा गाउँपालिका, रूपन्देही

– रोहिणी गाउँपालिका, रुपन्देही

– मर्चवारी गाउँपालिका, रूपन्देही

– मायादेवी गाउँपालिका, कपिलवस्तु

– नैनापुर गाउँपालिका, बाँके

फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह 

– सरावल गाउँपालिका, नवलपरासी

– सम्मरीमाई गाउँपालिका, रूपन्देही

राष्ट्रिय जनमोर्चाले जितेको स्थानीय तह

– मल्लरानी गाउँपालिका, प्यूठान

– झिमरूक गाउँपालिका, प्यूठान

 स्वतन्त्र उम्मेदवारले  प्रदेश नम्बर ५मा जितेको स्थानीय तह 

–कृष्णनगर गाउँपालिका, कपिलवस्तु

– शुद्धोदन गाउँपालिका, कपिलवस्तु

salt training

कमेन्ट गर्नुहोस्