०६ असार २०८३, शनिबार

मतगणनामा विवादः धरान बन्यो अर्को भरतपुर !

कात्तिक २०, २०७४
मतगणनामा विवादः धरान बन्यो अर्को भरतपुर !

धरान, २१ असार — चितवनको भरतपुर महानगरपालिकामा मतगणना चल्दै गर्दा माओवादी प्रतिनिधिले मत पत्र च्यातेपछि उक्त विषय यति लम्बियो कि अहिले सम्म पनि कुनै निकास निस्किएको छैन । भरतपुरका स्थानीयले दोस्रो चरणमा आइपुग्दा समेत मेयर पाएका छैनन् । भरतपुरको विषय अदालतमा गएर अड्किएको छ ।

ठ्याक्कै भरतपुरको जस्तो नभएपनि धरानको धरान उपमहानगरपालिकामा भरतपुर प्रकरण दोहोरिने सम्भावना बढेको छ । धरानका मतदाताले चाहिँ धरान 'अर्को भरतपुर' बनेको भन्दै दुखेसो पोख्न थालेका छन् । किनकी धरानको मतगणनामा विवाद सिर्जना भएपछि स्थगित भएको गणना ४८ घण्टा वितिसक्दा पनि सुचारु हुन सकेको छैन । बरु दलहरुले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर रमिता देखाएका छन् ।

सोमवार साँझ मतगणनको क्रममा एउटा दलको मत अर्को दलमा जोडिएको भन्दै विवाद भएको थियो । सोही प्रकरण लम्बिएपछि धरानमा मतगणना हुन सकेको छैन । वडा नम्बर ९ र १० को मतगणना सकिएपछि मुचुल्का बन्यो । मुचुल्का बनिसकेपछि सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले अन्तिम क्रसचेक गर्दा केही प्राविधिक
त्रुटी भएको र त्यसलाई सच्याउनुपर्ने जानकारी माओवादीलाई गराएका थिए ।

माओवादी केन्द्रले चाहिँ मतगणनामा धाँदली भएको भन्दै मतगणना बहिष्कार गरेको थियो । संघीय समाजवादीका उम्मेदवार पारस काङमाङको चुनाव चिन्ह मसालमा परेको ३४ भोट मालेका उम्मेदवारको खातामा जोडिएपछि माओवादीले धाँदली भएको अरोप लगाएको थियो ।

गणनामा त्रुटी भएपछि निर्वाचन अधिकृतले गणकहरु मनबहादुर कार्की र धनकुमार राईलाई निस्कासन गरेका थिए । तर सोही प्रकरणपछि लम्बिएको विवाद अहिले सम्म पनि मिलेको छैन ।

धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले अहिले सम्म पनि सर्वदलिय बैठक बस्न नसेकेको कारणले मतगणना सुचारु हुन नसकेको बताए ।

माओवादीले एक देखि ८ वडा सम्मको मतगाणना फेरि गन्नको लागि दलीय समिति बन्नु पर्ने बताएको छ । तर एमालेले दलिय समिति बन्न नसक्ने बताएको छ । एमालेले फेरि एक पटक जोड गर्न सकिने चाहिँ बताएको छ ।
संघीय समाजवादीले चाहिँ फेरि एक पटक चेक गर्नुपर्ने बताएको छ । समाजवादीले आफूहरु अदालत जाने विषय समेत निकालेको छ । कांग्रेसले चाहिँ फेरि मतगणना गर्दा समस्या समाधान हुने भन्दै फेरि मतगणना गर्न माग गरेको छ ।

एमालेले अरुको मत आफूहरुलाई नआएको बताएको छ । तर उसले आफूहरुको बेइजत गर्ने कोशिश मात्र गरिएको अरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्