३२ असार २०८३, बिहीबार

भिसा र मास्टरकार्ड हिँडेपछि रुसमा चीनको युनियनपे चलाइने

फागुन २२, २०७८
भिसा र मास्टरकार्ड हिँडेपछि रुसमा चीनको युनियनपे चलाइने

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमको नियन्त्रणमा रहेका कम्पनीहरूले धमाधम रुस छोड्न थालेका छन् । 

विश्वभरि पैसा पठाउन र झिक्न मिल्ने भिसा मास्टरकार्ड पनि रुसबाट बाहिरिएपछि चीनको युनियनपेले रुसमा कारोबार गर्ने भएको छ । 

रुसमाथि पश्चिमले विभिन्न आर्थिक प्रतिबन्ध लगाइरहँदा चीनले पश्चिमको भरपर्दो विकल्प उपलब्ध गराउने भएको छ । यसले चीन र रुसको सम्बन्ध थप मजबूत भएर बहुध्रुवीय विश्वको निर्माणमा टेवा पुग्ने विश्लेषकहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्