२७ जेठ २०८३, बुधबार

कर्पोरेट पेमा अब अनलाइन रजिष्टर गर्न सकिने

फागुन २३, २०७८
कर्पोरेट पेमा अब अनलाइन रजिष्टर गर्न सकिने

काठमाडौँ, व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेटपे प्रणालीको स्तरोन्नती गरी विभिन्न सुविधाहरु सँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । 

साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक/वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले corporatepay.connectips.com मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप हाइराचियल रोल असाइन गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् ।

यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै एप्रुभल लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोरेटपे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्