×

NMB BANK
NIC ASIA

कतारद्वारा अफगानिस्तानबाट ७५ हजारभन्दा बढीको उद्धार

फागुन २३, २०७८

NTC
Premier Steels

कतारले भदौ २ देखि फागुन २२ सम्ममा अफगानिस्तानबाट ७५ हजारभन्दा बढीको उद्धार गरेको छ । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । 

Muktinath Bank

तालिबानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानीलगायत सबै शहर कब्जामा लिएपछि तनाव सिर्जना भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिबानले हरेक वर्ष विदेशी सेनासँग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो । केही समय अगाडि अमेरिकाले आफ्नो सेना फिर्ता लगेसँगै तालिबानले सिंगो अफगानिस्तान कब्जामा लिन सफल भयो । 


Advertisment
Nabil box
Kumari

तालीवानी कब्जासँग रणभूमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गरेको कतार सरकारले जनाएको छ । 

Vianet communication

तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानमा शरिया कानून लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घरबाहिर निस्कनै मुस्किल हुने विषय विश्वव्यापी रूपमा उठिरहेको छ  । यसबाहेक तालिबानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठूलो भीड देखिएको थियो । 

अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनीतिक निकाय बन्द गरेर आफ्ना नागरिक तथा कर्मचारीको उद्धार गरेका थिए । अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्धारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गरेको थियो । 

कतार एयरवेजले गत वर्ष १८ अगष्ट २०२१ देखि ६ फेब्रुअरी २०२२ सम्म ७५ हजारभन्दा बढीको विभिन्न उडान मार्फत उद्धार गरेको छ । ती मध्ये धेरैजसो त अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकार, संगीतज्ञ तथा अन्य छन् । विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्धार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो । 

अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्धार मात्र गरेन, उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गरेको र उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था कतार सरकारले जनाएको छ । 

स्वास्थ्यका कारणले विशेष आवश्यकता हेरचाह गर्नुपर्नेहरूका लागि ह्वीलचेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरिरहेको छ ।

उद्धारकै क्रममा परिवारविहीन २०८ बालबालिका कतार पुगेका थिए, जसलाई कतार फाउन्डेसनले युनिसेफसँगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पूरा गरिरहेको छ । विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ । 

तालिबानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिकालगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवस्था रहेन, जसले गर्दा कतारी सहयोगमा ती देशहरूले आफ्ना नागरिकको सुरक्षा गरेको थियो । त्यसबेला अमेरिका र कतारबीच एउटा सहमतिमा हस्ताक्षर नै भयो, जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गरेको थियो । 

तालिबानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारले ९ दिनमा मै मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो । कतार सरकारले तालवानीसँग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कार्जाइ विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको जनाएको छ । 

नेपाल सरकारले केही समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्‍याउन सफल भएको थियो । 

कोभिड-१९ महामारीकै बीचमा अफगानिस्तानमा भीषण संघर्ष भएका कारणले मानवीय सहायताको महसुश गरी कतार सरकारले डब्ल्यूएचओसँग सहकार्य गरी कतार एयरवेजमार्फत् राहत सामग्री पुर्‍याएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x