११ असार २०८३, बिहीबार

ललितपुरमा ५ जनाको मृत्यु घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

फागुन २३, २०७८
ललितपुरमा ५ जनाको मृत्यु घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको छ ।

कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ । 
     
महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिनको शिशुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ४ जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्