२९ जेठ २०८३, शुक्रबार

नेपाल बैंकले ल्यायो समृद्ध नारी रिकरिङ निक्षेप खाता

फागुन २३, २०७८
नेपाल बैंकले ल्यायो समृद्ध नारी रिकरिङ निक्षेप खाता

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिलालाई लक्षित गरि विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । 

मासिक न्युनतम २५ हजार रुपैयाँ र  सोहि गूणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगायत थुप्रै बैंकिङ सुविधाहरु रहेको बैंकले जनाएको छ । 

१० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको भनाइ छ । 
 

कमेन्ट गर्नुहोस्