११ असार २०८३, बिहीबार

महालक्ष्मी विकास बैंकले प्रहरी कार्यालयलाई दियो विद्युतीय खानेपानी मेशिन

फागुन २३, २०७८
महालक्ष्मी विकास बैंकले प्रहरी कार्यालयलाई दियो विद्युतीय खानेपानी मेशिन

महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानी व्यवस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ ।

एक विशेष कार्यक्रमका बी सो प्लान्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

स्वस्थ जीवनयापनका लागि शुद्ध खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी,  पत्रकार तथा स्थानीयहरूको उपस्थिती रहेको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्