०२ साउन २०८३, शनिबार

युक्रेनको चर्निहिभमा ट्रेन्च खन्दै लाश गाड्दै जनता

फागुन २३, २०७८
युक्रेनको चर्निहिभमा ट्रेन्च खन्दै लाश गाड्दै जनता

युक्रेनको चर्निहिभ शहरमा मानिसहरूले ट्रेन्च खनेर त्यसमा सर्वसाधारणको लाश गाडेको भावुक तस्वीर सार्वजनिक भएको छ । 

रुसी सेनाको आक्रमणमा परी मृत्यु भएका मानिसहरूको कफिन ट्रेन्चमा राखिएको छ । रुसले बमवर्षा गरेकाले उक्त शहरको मुख्य कब्रिस्तानमा लाख गाड्न असम्भव बनेको थियो । 

चर्निहिभका मेयरका भ्लादिस्लाभ आत्रोशेन्कोले लगातार गोली चलिरहेकाले अधिकारीहरूले शहरबाहिरको कब्रिस्तानमा शव गाड्नुपरेको बताए । 

लाशहरू पंक्तिमा राखिएको छ र अन्डरटेकरहरूले मृत शरीरको कफिनमा नाम राखेका छन् । उनीहरूको पहिचान खुलाएर युद्धपछि पुनः गाड्न सजिलो होस् भनेर त्यसो गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्