११ असार २०८३, बिहीबार

भन्सार छली गरेका ६ लाख ८० हजार मूल्यका सामान बरामद

फागुन २३, २०७८
भन्सार छली गरेका ६ लाख ८० हजार मूल्यका सामान बरामद

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ६ लाख ८० हजार मूल्यका सामान भन्सार छली गरेको अवस्थामा बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित कलंकी ढुंगेअड्डामा भन्सार छली गरेका सामान आइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सामान बरामद गरेको हो ।

बरामद सामानहरू आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नोभा शुद्ध घ्यु १५२ प्याकेट, अमुल चिज ६० प्याकेट, अमुल बटर ३९० प्याकेट, अमुल फ्रेस क्रिम १२८ प्याकेट, कोट कपडा १५ वटा, कुर्था सुरुवाल ७२ वटा बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्