१७ असार २०८३, बुधबार

आफ्नो लगानीबाहेकको बिजुली भारतले नकिन्ने

कात्तिक २०, २०७४
आफ्नो लगानीबाहेकको बिजुली भारतले नकिन्ने
काठमाडौँ, २२ असार- जलस्रोतमा धनी देश नेपालले विद्युत् बेचेर समृद्ध हुने सपना देखेको धेरै भयो । नेपाली विद्युत्को मूल बजार भारत हो, तर भारतले आफ्नो लगानीमा उत्पादित बिजुली मात्र किन्ने कानुन बनाउन लागेको छ । कानुन पारित भएमा नेपालमा विद्युत् उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने भारतबाहेकका कम्पनीका लागि बाटो बन्द हुने भएको छ, नयाँ पत्रिकामा खबर छ ।transmission

भारतले यसअघि नै जारी गरेको ‘क्रसबोर्डर विद्युत् व्यापार निर्देशिका’ले जलविद्युत्मा भारतबाहेकका लगानी सम्भावना समाप्त पारेको थियो । त्यसैले यस्तो नीति सच्याउन नेपालले गरेको आग्रहविपरीत भारतले कानुन नै ल्याउन लागेको छ । भारतको ऊर्जा मन्त्रालयले गत मंसिरमा जारी गरेको निर्देशिकाका आधारमा केन्द्रीय विद्युत् नियमन आयोगले क्रसबोर्डर विद्युत् व्यापार नियमावली–२०१७ ल्याउन लागेको हो । नियमावलीमा नेपालसहित अन्य छिमेकी मुलुकसँगको विद्युत् खरिद–बिक्रीका सर्त, प्रसारण लाइन शुल्क, दरखास्त दस्तुरलगायतका व्यवस्था समेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्