०४ साउन २०८३, सोमबार

मिर्गाैला स्वस्थ राख्न डा. ऋषि काफ्लेका यी ११ सुझाव

फागुन २६, २०७८
मिर्गाैला स्वस्थ राख्न डा. ऋषि काफ्लेका यी ११ सुझाव
प्रतिकात्मक तस्वीर

विश्व मिर्गाैला दिवस बिहीवार मनाइँदैछ । 

दिवसका अवसरमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले मिर्गाैला स्वस्थ राख्न ११ सुझाव दिएका छन् ।

डा. काफ्लेले नियमित व्यायाम गर्ने, एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने, दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने, सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने, दुखाई कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने उपाय दिएका छन् ।

अन्य उपायमा उचाई अनुसारको तौल कायम राख्ने, स्वस्थकर खाना खाने, चिनी, नून बढी भएको खाना नखाने, रक्तचाप ठीक राख्ने, मधुमेहका बिरामीले समय–समयमा स्वास्थ्य परीक्षण गर्ने र कमसेकम वर्षमा एक पटक रगतमा क्रियाटिनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्