गुल्मी असार २२ — लोकप्रीय गायिका कल्पाना कुसुमको ‘रानी चरी’ तिज गित कोसेली सार्वजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउन झण्डै २ महिना बाँकी रहेता पनि कलाकार तथा गितकारहरुलाई भने तिज पर्वले छोएको छ ।
चाड पर्वहरुमा अलि वढि पर्व बिशेष गितहरुमा कलाकारहरुले तिज पर्वलाई मध्यनजर राखेर निकाल्ने गरेका हुन्छन् । चाड पर्वमा ल्याइने गित संगितहरुले त्यसको महत्व र सँस्कृतिलाई चित्रण गरेका हुन्छन् । कलाकारहरुलाई बिशेष गरि गित रेकर्ड सगै म्युजिक भिडियो छायाँङकनले कलारहरुलाई तिज पर्व लागेको छ । सबै जसो कलाकारहरुले तिज पर्वलाई मध्यनजर राखेर गित निकाल्ने गरेका छन् ।
तिज पर्वमा गाईने गितहरु मौलिकतालाई नछोई फरक फरक खालका गितहरु निकाल्ने पनि गरेका छन् । तर यो वर्षको तिज पर्वलाई मध्यनजर राखेर गायिका कल्पना कुसुकले मौलिकताले भरिएको तिज गित कोसेली ‘रानी चरी’ बोलको गितको सार्बजनिक गरेकी छन् ।
पछिल्ला केहि वर्ष यता निरन्तर तिजपर्व बिशेष गितहरु निकालेर चर्चामा रहेकी कल्पनाले यस वर्षको गित पनि सार्बजनिक गरेकाी हुन् ।
तिज पर्वमा गाइने बास्ताबिक भाकालाई उनले गितमा समाबेश गरेकी छन् । तिज पर्वमा नारीहरुले गाउँने यथार्थ भाकालाई उनको गितमा पाउन सकिन्छ । नारी बेदना नारीको याथार्थ भावलाई उनको गितले चित्रण गरेको छ । गितकार बैकुण्ठ महतको लय, महत र नारायण सापकोटाको शब्द रहेको गितमा गायिका कुसुमको सुमधुर स्वर रहेको छ ।
पश्चिम क्षेत्रमा गाइने प्रचलित भाका निकै लोकप्रिय रहेको छ । गायिका कुसुमले ‘रानी चरी’ तिज गितमा भगवान संग भेटन गएका कथा बस्तु संगै भगवानलाई भेट्न केके पाहुर चाहिन्छ सम्म गितमा समाबेश गरिएको छ । उनले बजारमा ल्याएको गित धेरै वर्ष पहिले गायिका हरिदेवीकोइरालले पनि निकालेकी थिइन् । धेरै वर्ष पुरानो गितलाई पुनः स्वरबद्ध गरेर उनले दर्सक श्रोताको मन जित्ने प्रयास गरेकी छन् ।
हाम्रो समाजमा हाल नयाँ नयाँ तिजका गितहरु आउने गरेका छन् तर पुराना गितहरु कस्ता थिए कस्ता हुन्थे नयाँ पिडिलाई थाहा छैन् उनले भनिन ‘कला सँस्कृतिले र चाडपर्वको एक अर्का परिपुरक हुन यिनको संरक्षण गित संगितले पनि गर्दछ् । उनको गितमा पबित्रा आचार्य सगै स्वयम कल्पनाको पनि अभिनय भुमिकामा छन् ।
उनले कला सँस्कृतिलाई जिवन्त राख्न निरन्तर तिज गित निकालेको बताइन् । तिज पर्वको मौलिकता संग जोडिएको गित धेरै दर्सक श्रोताबाट मायाँ र सुझाव पाउने उनले बताइन् । उनले हालै बजारमा ल्याएको गित पुष्पाञ्जली म्युजिक प्रालिले बजारमा ल्याएको छ ।