०१ असार २०८३, सोमबार

प्रतितोला ३५०० ले घट्यो सुनको मूल्य

फागुन २६, २०७८
प्रतितोला ३५०० ले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५०० ले घटेर एक लाख दुई हजारमा आएको छ । 

बुधवार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।          

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार  ५०० तोकिएको छ । 

यसको मूल्य बुधवार प्रतितोला एक लाख पाँच हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले घटेर एक हजार ४०५ पुगेको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्