०५ साउन २०८३, मंगलबार

एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा खीमलाल भट्टराई

फागुन २६, २०७८
एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा खीमलाल भट्टराई

नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खीमलाल भट्टराई नियुक्त भएका छन् । 

बिहीवार एमाले अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरिएको व्यहोराको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

 

राष्ट्रिय सभामा दलको नेता चयन गर्ने अधिकार प्रतिनिधि सभाका संसदीय दलका नेतालाई हुन्छ ।

यसअघि संसदीय दलको नेता रहेका सुमन प्याकुरेलको ४ वर्षे पदावधि फागुन २० गते सकिएको थियो । भट्टराई यसअघि राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतक थिए । 

भट्टराई संसदीय दलको नेतामा चयन भएपछि प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्