०७ असार २०८३, आइतबार

एक घण्टा ढिलो गरी शुरू भयो मन्त्रिपरिषद्को बैठक

फागुन २६, २०७८
एक घण्टा ढिलो गरी शुरू भयो मन्त्रिपरिषद्को बैठक
फाइल तस्वीर।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको हो ।

हरेक साताको सोमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।  

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी शुरू भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा ढिलो भएपछि मन्त्रिपरिषद्को बैठक प्रभावित भएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयहरूबाट नियमित सामान्य प्रस्तावहरू मात्रै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । 

कमेन्ट गर्नुहोस्