११ असार २०८३, बिहीबार

ताप्लेजुङ सदरमुकाम कोप्चेमा आगलागी

फागुन २७, २०७८
ताप्लेजुङ सदरमुकाम कोप्चेमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ ।

कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी शुरू भएको छ ।

स्थानीयका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी शुरू भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः बर्सेनि आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्