०७ असार २०८३, आइतबार

लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

कात्तिक २०, २०७४
लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

 


काठमाडौँ, २२ असार - महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । 

प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो । 

यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ । कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ । 

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिनुभयो । 

प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप दुई जनालाई कलङ्कीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका सविन लामा र प्रभुराम आलेमगर रहेका छन् । 

प्रभागका प्रमुख घर्तीमगरले पक्राउ गरिएका अभियुक्तको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिनुभयो । रासस 

कमेन्ट गर्नुहोस्