१० असार २०८३, बुधबार

६०० ले बढ्यो सुनको मूल्य

फागुन २७, २०७८
६०० ले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेर एक लाख दुई हजार ६०० पुगेको छ । बिहीवार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ । 

यसको मूल्य बिहीवार प्रतितोला एक लाख एक हजार ५०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार ४१५ पुगेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्