भारतको पञ्जाब राज्यमा भएको विधानसभा निर्वाचनमा जीत हासिल गर्ने आम आदमी पार्टीका ९२ विधायकमध्ये १३ जना चिकित्सक छन् ।
तीमध्ये दुईजना श्वासप्रश्वास प्रणाली विशेषज्ञ र चारजना आँखारोग विशेषज्ञ हुन् ।
इतिहासमै यति धेरै चिकित्सक एकैपटक विधानसभा निर्वाचनमा विजयी भएका हुन् ।
चिकित्सक जस्ता जनसेवक र बेदाग छविका उम्मेदवारहरू उठाएकाले आपले पञ्जाबमा प्रचण्ड बहुमत ल्याउन सकेको हो ।