१० असार २०८३, बुधबार

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा

फागुन २७, २०७८
नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपककुमार मलहोत्रा चयन भएका छन् । संघको ११ औं वार्षिक सभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षहरू सुरेशमान श्रेष्ठ, सुनिलभक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर, कोषाध्यक्षमा कविकुमार तिवरेवाला, सचिवहरूमा पुर्नेशकुमार श्रेष्ठ, पहलमान गुरुङ रहेका छन् । 

सदस्यहरूमा विकासरत्न धाख्वा, धनबहादुर गुरुङ, दिनेश तुलाधर, मनिषलाल प्रधान, उर्मिला श्रेष्ठ, नवीन सारु छन् । 

त्यस्तै रोमिलाल श्रेष्ठ, रामकृष्ण थापा, सर्वोत्तमलाल श्रेष्ठ, सुशील स्थापित, दीपक महर्जन, रोशन अग्रवाल, विधुषी राणा, सञ्जीव तुलाधर, राजु श्रेष्ठ र सञ्जय अग्रवाल पनि सदस्यमा चयन भएका छन् । 

यसअघि राजेशकाजी श्रेष्ठ अध्यक्ष थिए । 

नेपाल–भियतनाम उद्योग वाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका पर्यटक ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरी पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्‍याउने मुख्य लक्ष्य राखिएको जनाएको छ । 

हाल भियतनामसँग भइरहेको व्यापार व्यवसायलाई निरन्तरता दिँदै आगामी दिनमा अझ यसलाई प्रभावकारी बनाउन र थप नयाँ लगानीको वातावरण सिर्जना गर्न पनि पहल गर्ने संघले प्रतिबद्धता व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्