०९ साउन २०८३, शनिबार

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

फागुन २८, २०७८
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ ।    आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । 

प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए । 

salt training

कमेन्ट गर्नुहोस्