०७ असार २०८३, आइतबार

ट्रम्प प्रशासनको ढुलमुले नीतिका कारण अमेरिकी कूटनीतिज्ञहरू निराश

कात्तिक २०, २०७४
ट्रम्प प्रशासनको ढुलमुले नीतिका कारण अमेरिकी कूटनीतिज्ञहरू निराश

काठमाडौं, २४ असार — ट्रम्प प्रशासनले आफूहरूबाट कुन मिसन पूरा गराउन खोजेको हो भन्ने विषयमा अमेरिकाका कूटनीतिज्ञहरू अलमल्ल परेका छन् । त्यसबाहेक राष्ट्रपति डोनल्ड ट्रम्पले विदेश मन्त्रालय र युएसएडको बजेटमा भारी कटौती गरेपछि आफ्नो जागिरको महत्त्व घटेको उनीहरूको धारणा छ ।


विदेश मन्त्रालयले गराएको एक सर्वेक्षणबाट कूटनीतिलाई करीयर बनाएका तथा सरकारी कर्मचारीहरूमा चरम अज्ञानता र निराशा छाएको छ । उनीहरूले आफ्नो भविष्य र अमेरिकी विदेशनीतिको लक्ष्यका सम्बन्धमा पनि चिन्ता प्रकट गरेका छन् ।

विदेश मन्त्रालय र युएसएडका कर्मचारीसमक्ष बुधवार सर्वेक्षण नतिजा समेटिएको ११० पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको थियो । एसोसिएटेड प्रेसले यो प्रतिवेदन हात पारेको थियो ।

सर्वेक्षण एक निजी कन्सल्टिङ फर्मले गरेको थियो र यसलाई विदेशमन्त्री रेक्स टिलरसनले अप्रिलको अन्त्यतिर स्वीकृति दिएका थिए ।

टिलरसनले कूटनीतिक र विकास खर्च घटाउने प्रशासनको योजना स्वीकार गरेका छन् तर उनले कांग्रेसमा चर्को विरोध खपेका छन् । कांग्रेसले खर्चमा ३१ प्रतिशत कटौती गर्ने उनको प्रस्तावलाई उल्ट्याउने सम्भावना छ । यो खर्च संघीय बजेटको १ प्रतिशतभन्दा थोरै मात्र ठूलो रकम हो ।

भविष्यको बारेमा असहजता महसूस गर्नुका अलावा सर्वेक्षणमा भाग लिएका ३५ हजार कर्मचारीमध्ये धेरैले व्यवस्थापन संस्कृति, काम गर्ने परिस्थिति, अनिश्चित प्रदर्शन लक्ष्य तथा प्राविधिक कमीकमजोरीका बारेमा गुनासो गरे । यी समस्या ट्रम्प प्रशासन आउनुअघिदेखिकै हुन् ।

टिलरसनले कर्मचारीहरूलाई एउटा भिडियो सन्देश दिँदै उठाइएका चिन्ता समाधान गर्ने आश्वासन दिएका छन् ।

एपीबाट

salt training

कमेन्ट गर्नुहोस्