०७ असार २०८३, आइतबार

पल शाह अभिनित म्युजिक भिडियो बजारमा

फागुन २८, २०७८
पल शाह अभिनित म्युजिक भिडियो बजारमा

 अभिनेता एवम् मोडल पल शाह यतिबेला प्रहरी हिरासतमा रहेका छन् । यही बेला उनी अभिनित  ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । 

गायक राजन तामाङको आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो । आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ
लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन् । भिडियोमा पलसँगै मोडल गरिमा शर्माको अभिनय समेटिएको छ ।

 राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा उनी पक्राउ परेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्