१४ असार २०८३, आइतबार

इण्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा कानपुर

फागुन २८, २०७८
इण्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा कानपुर

शम्शेर क्रिकेट क्लब कानपुर (भारत) विराटनगरमा सञ्चालित इण्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेलमैदानमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्लब कटियार (भारत)लाई ११३ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको कानपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २२२ रन बनाएको थियो । सन्नी क्रिकेट क्लब कटियारले १४ दशमलव चार बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाएको छ । कानपुरका अलराउण्डर खेलाडी राहुल सिंहलाई छ विकेट लिएवापत ‘म्यान अफ म्याच’बाट पुरस्कृत गरिएको छ । आगामी चैत १ गते हुने अन्तिम खेल कानपुर र पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्