०९ साउन २०८३, शनिबार

आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुँयाललाई

फागुन २८, २०७८
आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुँयाललाई

दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुँयाल विजयी भएका छन् । यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती एअरलाइन्सले आयोजना गरेको दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा फुँयाल विजयी भएका हुन् ।
गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा फुँयालले ४३ स्टेबलफोर्ड प्वाईन्ट ल्याएर विजयी भएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । फुँयालले उपाधीसँगै एल्टिच्यूड एअरको हेलिकप्टर राइड, माउण्टेन फ्लाइट र सोलुखुम्बुमा चारजनाको लागि ब्रेकफाष्ट गर्ने अवसर पाएका छन् ।

प्रतियोगिताको उपविजेता निष्कर्षबहादुर घले भएका छन् । उनले उपाधि ४२ प्वाइन्ट ल्याएर उपविजेता बनेका हुन् । उपविजेता बनेसँगै घलेले दुई रात तीन दिन चितवनस्थित कसरा जङ्गल रिसोर्टमा बस्ने र जाने आउने हवाई सुविधा प्राप्त गरेका छन्। उक्त हवाई टिकटको व्यवस्था भने गुण एअरलाइन्सले गरेको हो । 

विभिन्न ११ विधामा भएको गल्फ प्रतियोगितामा मिथुन राई, गीता गुरुङ, प्रतिभा राई, दिलिप रायमाझी, सटिना टण्डन, महेशविक्रम कार्की, चार्ली गुरुङ र झलेन्द्र भट्टराईलगायत विजयी भएको प्रवक्ता बर्तौलाले बताए । 

दुईदिनसम्म चलेको उक्त प्रतियोगितामा १५२ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा विजयी खेलाडीलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुहित र हिमालय एअरलाइन्सका प्रमुख शु एन होङले पुरस्कार वितरण गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्