०६ साउन २०८३, बुधबार

संसद् बैठकः प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढ्ने

फागुन २९, २०७८
संसद् बैठकः प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढ्ने

प्रतिनिधि सभाको बैठक आज (आइतवार) दिउँसो १ बजे बस्दैछ । 

आजको बैठकमा संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी गरेको छ । 

सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने विषय समेटिएको छ । औपचारिक कार्यसूची भने आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले टुंगो लगाउने छ । 

यसअघि महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गरिएको थियो । 

फागुन  १  गते  प्रधानन्यायाधीश  जबराविरुद्ध  सत्ता  गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहितको महाभियोग प्रस्तावको सूचना दर्ता भएको थियो ।

अब  प्रस्तावक  सदस्यले  वक्तव्यसहित  प्रस्तावलाई  प्रतिनिधि  सभामा  पेश  गर्नेछन्  ।  प्रस्ताव  पेश  गरेपछि  सभामुखले  छलफलको  मिति  र  समय  तोक्न  सक्ने  व्यवस्था  नियमावलीमा  छ  ।

छलफलपछि  उक्त  प्रस्ताव  महाभियोग  सिफारिस  समितिमा  जानेछ  ।  महाभियोग  सिफारिस  समितिले  उक्त  प्रस्तावअनुसार  महाभियोगको  प्रक्रिया अघि बढ्न सक्ने वा नसक्नेबारे अनुसन्धान गरेर प्रतिवेदन दिनेछ ।

यस्तै आजको बैठकमा महाभियोग प्रस्तावअघि सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

कमेन्ट गर्नुहोस्