×

NMB BANK
NIC ASIA

संसद् बैठकः प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढ्ने

फागुन २९, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभाको बैठक आज (आइतवार) दिउँसो १ बजे बस्दैछ । 

Muktinath Bank

आजको बैठकमा संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने विषय समेटिएको छ । औपचारिक कार्यसूची भने आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले टुंगो लगाउने छ । 


Advertisment
Nabil box
Kumari

यसअघि महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गरिएको थियो । 

Vianet communication

फागुन  १  गते  प्रधानन्यायाधीश  जबराविरुद्ध  सत्ता  गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहितको महाभियोग प्रस्तावको सूचना दर्ता भएको थियो ।

अब  प्रस्तावक  सदस्यले  वक्तव्यसहित  प्रस्तावलाई  प्रतिनिधि  सभामा  पेश  गर्नेछन्  ।  प्रस्ताव  पेश  गरेपछि  सभामुखले  छलफलको  मिति  र  समय  तोक्न  सक्ने  व्यवस्था  नियमावलीमा  छ  ।

छलफलपछि  उक्त  प्रस्ताव  महाभियोग  सिफारिस  समितिमा  जानेछ  ।  महाभियोग  सिफारिस  समितिले  उक्त  प्रस्तावअनुसार  महाभियोगको  प्रक्रिया अघि बढ्न सक्ने वा नसक्नेबारे अनुसन्धान गरेर प्रतिवेदन दिनेछ ।

यस्तै आजको बैठकमा महाभियोग प्रस्तावअघि सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x