१२ असार २०८३, शुक्रबार

रुसले अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको ट्रम्पले स्वीकारे

कात्तिक २०, २०७४
रुसले अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको ट्रम्पले स्वीकारे

काठमाडौं, २४ असार — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको बिहीवार स्वीकार गरेका छन् । यसका साथै उनले पूर्वराष्ट्रपति बाराक ओबामाले यसमा केही नगरेको आरोप लगाएका छन् ।


ओबामाले निर्वाचनमा रुसी हस्तक्षेपलाई बेवास्ता गरेको किनकि उनी अधिकांश मानिस जस्तै हिलारी क्लिन्टनले नै चुनाव जित्नेमा ढुक्क रहेको ट्रम्पले बताए ।

‘हिलारीले जित्न लागेको उनले सोच्नु नै यसको कारण हो । मैले जित्ने उनलाई लागेको भए उनले हस्तक्षेप रोक्न खुबै प्रयास गर्ने थिए,’ ट्रम्पले पोल्यान्डमा आयोजित एक पत्रकार सम्मेलनमा भने ।

बताइएअनुसार ओबामालाई रुसी हस्तक्षेपका बारेमा अगस्टमै जानकारी आइसकेको थियो तर उनले नोभेम्बर ८ मा भएको निर्वाचनपछि पनि कुनै कारवाही अघि बढाएनन् ।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको स्वीकार्न ट्रम्पमाथि लगातार दबाब परिरहेको थियो र उनलाई पोल्यान्डमा पनि यही प्रश्न गरिएको थियो ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्