०१ असार २०८३, सोमबार

एमाले प्रवेश गर्नेप्रति प्रचण्डको टिप्पणी– बरु मोहनविक्रम वा बिजुक्छेको पार्टीमा जानु नि !

फागुन २९, २०७८
एमाले प्रवेश गर्नेप्रति प्रचण्डको टिप्पणी– बरु मोहनविक्रम वा बिजुक्छेको पार्टीमा जानु नि !
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदनमा असहमति जनाएर एमाले प्रवेश गर्नेहरूप्रति कटाक्ष गरेका छन् ।

एमसीसीको विषयमा माओवादी छाडेर एमाले प्रवेश गर्नु लाजमर्दो कुरा भएको उनको टिप्पणी छ ।

‘चुनावका बेला केही मान्छे यता आउने केही उता जाने हुन्छ, यो स्वाभाविक कुरा हो । कोही विचार र राजनीतिभन्दा व्यक्तिगत स्वार्थका लागि यताउता गर्छन्,’ आइतवार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘केहीले चाहिँ एमसीसीमा पार्टीले सम्झौता गरेकाले बस्दैनौ भनेर भने । माओवादी छाडेर कहाँ गए त भन्दा एमालेमा । के विचित्रको कुरा हो । यो भन्दा लाजमर्दो कुरा अरू के हुन्छ ? एमसीसीको विरोध गरेर जाने भए किरण, विप्लव, बिजुक्छेकोमा जानु नि ! एमसीसीको चर्को विरोध बिजुक्छेको पार्टीले गरेको छ नि !’

प्रचण्डले एमसीसी अनुमोदनको विषय पार्टीमा पास नभए अध्यक्षबाट राजीनामा दिने बताए । ‘(एमसीसी पास नभए) राजीनामा दिन्छु, ढुक्क हुनुस्’ पत्रकारको एक प्रश्नको जवाफमा प्रचण्डले भने । प्रचण्डले यसो भनिरहँदा पार्टीमा एमसीसीबारे फरक मत राखेका नेता नारायणकाजी श्रेष्ठ पनि सँगै थिए । एमसीसीबारे माओवादीले स्थानीय तहको चुनावपछि जेठ २० गते निर्णय गर्ने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्