०९ साउन २०८३, शनिबार

अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह

फागुन २९, २०७८
अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् । 

आइतवारको संसद बैठकमा उनले सभा सञ्चालनमा अवरोध गरिरहेका सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् । 

‘संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक–पटक ध्यानाकर्षण गराउनु भएको छ,’ उनले भने, ‘संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु ।’

सभामा विचाराधीन रहेका ४२ विधेयकहरूलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरूसमेत अवरोधका कारण प्रभावित हुन पुगेको उनले बताए । विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको उनले बताए । 

एमालेका सांसदहरूले ७ महिनादेखि सभा सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्