
मालपोत कार्यालय चावहिल काठमाडौंका खरिदार लक्ष्मण बस्नेतविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
जग्गा नामसारी गर्ने नाममा सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
बस्नेतलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा फागुन १२ गते नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएबापत् बस्नेतले सेवाग्राहीसँग घुस रकम लिएका थिए ।
अख्तियारले एक लाख ३५ हजार बिगो कायम गर्दै आरोपपत्र दायर गरेको हो ।