०७ असार २०८३, आइतबार

रौतहट र दोलखामा महालक्ष्मी लाइफले सञ्चालन गर्‍यो बीमा सचेतना कार्यक्रम

फागुन २९, २०७८
रौतहट र दोलखामा महालक्ष्मी लाइफले सञ्चालन गर्‍यो बीमा सचेतना कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा “ युवासँग महालक्ष्मी लाइफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिगम्वर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

 कम्पनीको गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले  संचालन गर्नु भएको कार्यक्रममा प्रधानाध्पापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए ।

त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । 

होटल पानारोमामा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाइफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मती प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिए । 

प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोक कुमार श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईले प्रकाश पारेका थिए ।

कार्यक्रममा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा,रौतहट, गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।
 

कमेन्ट गर्नुहोस्