१२ असार २०८३, शुक्रबार

जापानमा बाढीका कारण ४ लाख मानिसको उठीबास

कात्तिक २०, २०७४
जापानमा बाढीका कारण ४ लाख मानिसको उठीबास


टोकियो, २२ असार–  मुसलधारे वर्षाका कारण दक्षिण जापानमा भीषण बाढी आएपछि चार लाख मानिसहरु आफ्नो घर छोडेर अन्यत्र लागेका छन् । बाढीमा परेर दुईजनाको मृत्यु भएको छ । बाढीमा परेर ११ जना हराइरहेको बताइएको छ ।

अधिकारीहरुले एउटा सानो बच्चा लगायत हराइरहेका ११ जनालाई बाढीले बगाएको या पैरोमा जिउँदै पुरिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । मौसमविदहरुले अभूतपूर्व तहको पानी परेको बताएका छन् ।

क्युशु टापुमा बाह्र घण्टाको समयमा पचास सेन्टिमिटर पानी गरेको थियो। पानी तह अत्यधिक बढेर नदीका किनारहरु फुटेका थिए । पानी बस्तीमा पसेर घरहरु ध्वस्त भएका छन् । प्रभावित क्षेत्रमा ७ हजार भन्दा बढि उद्दारकर्ताहरु पठाइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्