०५ असार २०८३, शुक्रबार

बढ्यो पुटिनको लोकप्रियता, राष्ट्रपतिको कामप्रति अधिकांश रसियाली सन्तुष्ट

कात्तिक २०, २०७४
बढ्यो पुटिनको लोकप्रियता, राष्ट्रपतिको कामप्रति अधिकांश रसियाली सन्तुष्ट

मस्को, २२ असार - रुसमा हालै गरिएको एक सर्वेक्षणले रसियाका अधिकांश जनताले राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले गरेका कामहरुलाई सहज रुपमा लिएको देखाएको छ ।

      सर्वेक्षणमा सहभागी मध्ये ८१.४ प्रतिशत रसियाका जनताले पुटिनको कामलाई स्विकार गरेको रसियाली समाचार संस्था ‘आरआइए नोभोस्टी’ले बिहीबार जनाएको छ ।

      यही जुन २६ देखि जुलाई २ सम्म रसियाली सार्वजनिक धारणा अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणमा ४९.२ प्रतिशत जनताले अहिले पनि राजनीतिज्ञहरु मध्ये सवैभन्दा पहिला पुटिनलाई नै रोज्ने गरेको पाइएको छ ।

      रसियाका रक्षा मन्त्री सर्गेइ शोइगु जनताको दोस्रो विश्वासपात्र हुनुहन्छ । उहाँलाई १५.८ प्रतिशत जनताले पहिलो रोजाईमा पारेका छन् । जवकी प्रधानमन्त्री दमित्री मेदभेदेभलाई भने १३.५ प्रतिशत जनताले मात्रै सवैभन्दा बढी मन पराएको सर्वेक्षणले देखाएको छ ।

      जुन महिनाको १२ देखि १८ तारिख सम्म गरेको अर्को सर्वेक्षणमा सहभागी मध्ये ८४.६ प्रतिशतले पुटिनको कामलाई स्वीकार गरेको पाइएको थियो ।

      अनुसन्धान केन्द्रले राजनीतिक, सामाजिक र आर्थिक विषयमा वेला वेलामा नियमित अनुसन्धान गर्ने गरेको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्