काठमाडौँ, २३ असार- स्थानीय तहको दोस्रो चरण निर्वाचनमा १५० स्थानीय तह जित्ने अनुमान गरेको कांग्रेसले अनुमानअनुसार जित हात पार्न सकेन । ११७ स्थानमा जित हात पारेको कांग्रेस अहिले पाँच स्थानमा अग्रस्थानमा छ । यी सबै स्थान जिते पनि कांग्रेस आफ्नो लक्ष्य भेट्टाउन असफल हुने निश्चित भएको छ, नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे अपेक्षा गरेका पूर्वी सहर, प्रदेश नम्बर ५ का दाङसहितका सहरी क्षेत्रमा हार्न पुग्दा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताउँछन् । ‘१५० वटा तह जित्छौँ भन्ने लागेको थियो,’ घिमिरेले भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस्ता पक्षले कांग्रेसले जित्दाजित्दै हार्न पुगेको उनको भनाइ छ ।