१५ असार २०८३, सोमबार

चुनावमा आफ्नै खुट्टामा उभिन बल गरौँ : प्रचण्ड

चुनावमा आफ्नै खुट्टामा उभिन बल गरौँ  : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले​ आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिएका छन् ।  

आइतवार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनमा भर परेर मात्रै नहुने बताए ।  

उनले चुनावमा गठबन्धन होला र चुनावमा जितिएला भनेर नबस्न पार्टीमा आग्रह गरेका छन् । 

उनले भने,'हामी आफ्नै खुट्टामा उभिने हो, आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो । आफ्नै जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो ।'

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुदैछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्