१५ असार २०८३, सोमबार

‘सङ्घीयता विरोधीले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहे’

‘सङ्घीयता विरोधीले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहे’

नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सङ्घीयता विरोधीहरुले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएका छन् । वाइसीएल नेपाल भक्तपुरको आज प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना दलले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखण्डा बनाएको आरोप लगाए ।

    संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै उनले नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न अझै पनि प्रयास भइरहेको बताए । पार्टीका केन्द्रीय सदस्यहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटालगायतले समसामयिक राजनीति र युवाहरुको भूमिका माथि प्रकाश पारेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्