११ साउन २०८३, सोमबार

युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव

चैत ६, २०७८
युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव

खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ ।

युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन् । 

अधिकारीहरूले सिन्ह्वासँग ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तरराष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन् । 

यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह शहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन् ।  एडेनमा बसोबास गर्ने अहमद जलालले सिन्ह्वासँग भने, “हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु ।” 

जलालले दुःखेसो पोख्दै भने, “मेरो परिवारलाई पूरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चारवटा ग्यास सिलिन्डर चाहिन्छ । खाना पकाउने ग्यासअभावका कारण कोटा सीमित छ ।” 


 

salt training

कमेन्ट गर्नुहोस्