१७ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा आज मोरङ आउँदै

प्रधानमन्त्री देउवा आज मोरङ आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङका सुन्दरहरैचा नगरपालिकामा आउँदै छन् । 

प्रधानमन्त्री देउवा  सुन्दहरैचामा तीन वटा कार्यक्रममा सहभागी हुन आज मोरङ आउन लागेको नगर प्रमुख शिव प्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार नगर अस्पतालको उद्घाटन, नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्