०२ असार २०८३, मंगलबार

३०० ले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

३०० ले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३०० ले बढेर ९९ हजार ५०० रूपैयाँ पुगेको छ । 

उक्त सुन अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ । 

उक्त सुन आइतवार प्रतितोला ९८ हजार ७०० रूपैयाँ थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३७५ कायम रहेको महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्