१० असार २०८३, बुधबार

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने सरकारको औपचारिक घोषणा, ३ दिन काठमाडौंमा रहने

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने सरकारको औपचारिक घोषणा, ३ दिन काठमाडौंमा रहने

चिनियाँ विदेशमन्त्री वाङ यीले चैत ११ देखि १३ सम्म नेपालको औपचारिक भ्रमण गर्ने टुंगो लागेको छ । 

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको औपचारिक जानकारी गराएको हो । 

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री यी नेपाल आउन लागेका हुन् । 

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने टुंगो लागेको छ । 

त्यसबाहेक, यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपाल र चीनको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका बारेमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्