×

NMB BANK
NIC ASIA

सन्दर्भ : चुनावी तालमेल

कांग्रेस एक्लै हिँड्दा फेरि अरूलाई मिलाउने खेल हुनसक्छ– दीपकुमार उपाध्याय [विशेष कुराकानी]

चैत ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चुनावमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी देखिन्छ । केही समय अघिसम्म चुनाव हुने कि नहुने भन्ने थियो । संवैधानिक मूल्य मान्यता र चौतर्फी दबाबका कारण अहिले स्थानीय तहको चुनाव हुने स्थिति बनेको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावको तयारीमा दलहरू लागेका छन् । चुनाव नजिकिएसँगै तालमेलका कुराहरू पनि आएका छन् । 

Muktinath Bank

दम्भ भन्ने कुरा कसैका लागि हितकर होइन । एमाले अध्यक्ष केपी ओलीको दम्भले गर्दा हुँदाखाँदाका संघीय सरकार र प्रदेश सरकारहरू उहाँहरूको हातबाट गयो । अहिले पनि दम्भमा केही कमी देखिँदैन । हामी एक्लै जित्छौं भनेको सुनिन्छ, तर परिणाम त्यस्तो हुँदैन । ओलीले दाबी गरेको जस्तो परिस्थिति अहिले छैन । पटक–पटक प्रतिनिधि सभा विघटन गरेको र सरकारले गरेका गलत काम जनताले बिर्सेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचारबारे नेपालमा व्यापक असन्तुष्टि र जनगुनासो छ, त्यो परिपक्व भएर क्रान्ति र सामाजिक अभियानको स्वरूप ग्रहण गरिसकेको छैन । यो चुनावमा दलको भूमिका र पोजिसनले परिणाम दिँदैन भन्न सकिँदैन । भारतको चुनाव खासगरी पञ्जावमा अकल्पनीय परिवर्तन भयो । असन्तोष व्यापक भएपनि नेपालमा अझै त्यस्तो अवस्था छैन, जुन भारतमा आपले गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

अहिले नेपालका दल दलहरूको त्यस्तो सामर्थ्य छैन, जसले एक्लै चुनावमा गएर देशव्यापी जीत हासिल गरोस् । अहिले पनि एमाले पहिलो दल र ठूलो संगठनको रूपमा छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । केपी ओलीको ठूलो स्ट्रेन्थ भनेको पार्टीमा कन्ट्रोल र कमाण्ड छ । उहाँको जस्तो एकल नेतृत्व अरू पार्टीमा देखिन्न । अरू पार्टी विधि विधानमा चलेकाले पनि एकल नेतृत्वको अभ्यास असम्भव बनेको हो । 

Vianet communication
Laxmi Bank

संविधानलाई अवमूल्यन गर्दा उहाँ दण्डित हुनुभयो । जतिसुकै परमादेशको सरकार भने पनि उहाँले सरकार छाड्नुपर्‍यो । ओलीको मात्र होइन, यो पनि जनताको मत अभिमतबाट बनेको सरकार हो । 

अरूलाई अप्ठ्यारो पार्न संसदलाई बन्धक बनाउन त पाइयो, तर त्यसको औचित्य पुष्टि हुन पर्दैन ? आफ्नो सरकारलाई आफ्नै कारणले ढाल्ने, पार्टी विघटन गर्ने अनि फेरि जनताले मलाई पुरस्कृत गर्छन् भन्ने दाबी सुहाउने कुरा हैन।

कांग्रेस एक्लै चुनावमा जान नसक्ने होइन, तर गठबन्धन हुने सम्भावना ज्यादा छ । चुनावमा प्राकृतिक गठबन्धनको सम्भावना छ । त्यो भनेको एमाले जितेको या जित्ने सम्भावना भएको ठाउँमा एमालेविरुद्ध स्वतःस्फुर्तरूपमा महागठबन्धन बन्छ । महानगर, उपमहानगर र नगरपालिकामा त्यस्तो हुन्छ । अन्य ठाउँमा स्वच्छ प्रतिष्पर्धा हुन्छ, जीतहार सामान्य कुरा हो ।

कांग्रेसको विधि विधानले पार्टीको कुन तहले टिकट दिने भन्ने प्रस्ट्याएको छ । विधानमा वडा तहमा पनि अधिकार दिइएको छ । असजिलो के छ भने गठबन्धन हुँदाहुँदै पनि त्यसको पालना हुन्छ कि हुँदैन भन्ने छ, जस्तो चितवनमा हेर्नुस् । पार्टीले भने पनि हामी भोट हाल्दैनौं, मान्दैनौं भन्ने खालको टिकाटिप्पणी आउँछ ।

कार्यकर्तालाई राजनीतिक हिसाबले प्रशिक्षण दिनुपर्ने, मानसिक रूपले तयार गर्नुपर्ने, लेनदेन गर्नुपर्ने अवस्था छ । हिजो पनि त्यही थियो, आज पनि हुन्न भनेर राजनीति चल्दैन ।

गठबन्धनमा यही नै हो भन्नुभन्दा यसमा जीतहारको भावना नलिई समन्वयको बाटो अपनाउन सकिन्छ । कांग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय तहमा तालमेलको जिम्मा स्थानीय तहलाई नै दिएर एमालेको दम्भ तोड्न सक्छ । हामी विभाजित भयौं भने कतै फेरि उनको दम्भ नै स्थापित हुन्छ कि भन्ने कारणले त्यसका विरुद्ध गठबन्धन बन्छ जस्तो लाग्छ । 

कांग्रेस एक्लै चुनावमा जान नसक्ने होइन, तर गठबन्धन हुने सम्भावना ज्यादा छ । चुनावमा प्राकृतिक गठबन्धनको सम्भावना छ । त्यो भनेको एमाले जितेको या जित्ने सम्भावना भएको ठाउँमा एमालेविरुद्ध स्वतःस्फुर्तरूपमा महागठबन्धन बन्छ । महानगर, उपमहानगर र नगरपालिकामा त्यस्तो हुन्छ । अन्य ठाउँमा स्वच्छ प्रतिष्पर्धा हुन्छ, जीतहार सामान्य कुरा हो ।

कांग्रेस एक्लै लड्न सक्दैन ? 

कांग्रेसको संगठनलाई बलियो र धारिलो बनाउने हो भने एक्लाएक्लै भिड्ने हो । एक्लै चुनावमा जाँदा संगठन चुस्त हुन्छ, यसका केही फाइदा छन् । तर नेपालको राजनीति निर्णायक मोडमा पुग्दैछ, फेरि कांग्रेस कुनैपनि कारणले स्थानीय तह र केन्द्रको चुनावमा पहिलो पार्टी बन्न नसक्ने, स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन नसक्ने कुरा भयो भने धेरै गाह्रो पर्छ ।

सुरक्षित बाटो गठबन्धन हो । गठबन्धनलाई इन्कार गरेर कांग्रेस एक्लै अगाडि बढ्दा फेरि अरू दललाई मिलाउने कसरत शुरू हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले खेल्ने मौका पाउँछन् । त्यसबाट देशलाई जोगाउनका लागि पनि सकभर कांग्रेसले नै बीचको बाटो पहिल्याउनुपर्छ । हामीले कार्यकर्ताको भावनालाई पनि सम्मान गर्ने र परिणामबारे पनि ख्याल गर्ने काम गर्‍यौं भने बीचको बाटो फेला पर्छ ।

एमसीसीबारे गाउँ–गाउँसम्म पुगेको भ्रम 

एमसीसीबारे जति यथार्थ कुरा जनमानसमा पुर्‍याउन सक्यौं, कांग्रेसका लागि त्यति नै लाभ हुन्छ, होइन भने देश द्वन्द्वमा जाने कारण बन्न सक्छ । मान्छे बुझेर या नबुझेर यसको विरोधमा लागेका छन् र गाउँसम्म त्यसको प्रभाव छ ।

कांग्रेसले सरकारले यो कारणले बाध्यात्मक परिस्थितिमा, विभिन्न समयमा सरकारले गरेका कामको जिम्मा लिनुपर्ने भनेर संसद्बाट पास गर्‍यो । तर पनि कार्यान्वयन चुनौतीपूर्ण छ ।

अझै पनि ट्रान्समिसन लाइनका, जग्गा अधिग्रहण र त्यसको कार्यान्वयनमा पारदर्शिताका कुरा सोचनीय छन् । एकातिर अनुदान दिने अर्कातर्फ महंगा कन्सल्टान्टमार्फत ठूलो रकम उतै फर्काउने कुरामा राष्ट्रिय हितअनुकूल अडान लिनुपर्छ । एमसीसीका विषय उठ्दा कांग्रेसले डिबेट गर्न सक्नु पर्छ । राष्ट्रिय हितलाई पहिचान गरेर कांग्रेसले अडान लिनुपर्छ । 

नेपालका कम्युनिस्टलाई विभिन्न आइएनजीओमार्फत परिचालन गरेका छन् । त्यसैले एकपछि अर्को सम्झौतामा नेपालको हितप्रतिकूल शर्त थपिँदै गएका छन् । यी वामपन्थी सरकारका बाइप्रडक्ट हुन् ।

राष्ट्रिय हित प्रतिकूल हुँदैन भन्ने कुराको सुनिश्चितता कांग्रेसले गर्नुपर्छ । एमसीसी ठीक कि बेठीक भनेर देश द्वन्द्वमा नजाने कुराको ग्यारेन्टी गर्नुपर्छ ।​

एमसीसी र चिनियाँ विदेशमन्त्रीको भ्रमण 

हामी सजग बन्न नसके आउँदा दिन झनझन् कठिन बन्दै जानेछन् । हाम्रो बजेट खर्च गर्न सक्दैनौं । कुनै पनि योजना तोकिएको लागत र समयमा पूरा गर्न सक्दैनौं । 

चीनका विदेशमन्त्री वाङ यी, जो स्टेट काउन्सिलर पनि हुन्, उनी राष्ट्रपति सीका धेरै नजिकका सहयोगी हुन् । उनको महत्वपूर्ण भ्रमण शुक्रवारदेखि हुँदैछ । 

बीआरआईमा हाम्रो कमिटमेन्ट छ, तर प्रोजेक्ट छान्न सकेका छैनौं । एक हातले ताली बज्दैन । हाम्रो इच्छाशक्ति नभई चीनले चाहेर मात्र पनि अगाडि बढ्दैन । 

यस्ता कुरामा भोलि गएर चीनले पनि खोज्ने, भारतले पनि यस्तै किसिमका ग्यारेन्टी खोज्न थाले भने हाम्रो कूटनीति अप्ठ्यारोमा पर्छ । 

भोलि गएर शक्ति राष्ट्रको टकरावको खेल मैदान बन्ने खतरा रहन्छ । परराष्ट्र र पार्टीले समयमा ध्यान पुर्‍याउन नसके आउँदा दिन झनझन् कठीन हुँदै जानेछन् ।

कांग्रेस नेता उपाध्यायसँग गरिएको कुराकानीमा आधारित ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x