
जिल्ला प्रशासन कार्यालय कास्कीले हतियार बुझाउन सोमवार सूचना जारी गरेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रशासनले इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हतियारहरू नजिकको प्रहरी कार्यालयमा बुझाउन भनेको हो ।
सो हतियारहरू निर्वाचन सम्पन्न भएपछि फिर्ता हुने कार्यालयले जनाएको छ । सूचना जारी भएको १५ दिनभित्र हतियार बुझाउनुपर्ने कार्यालयको भनाइ छ ।