१५ असार २०८३, सोमबार

राजपाले दल दर्ताको निवेदन दियो

कात्तिक २०, २०७४
राजपाले दल दर्ताको निवेदन दियो


काठमाडौँ, २४ असार - राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि शुक्रबार निवेदन दिएको छ ।rajapa

तराई–मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलले एकीकृत पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न ४.४५ बजे आयोगमा पुगेका थिए ।

आयोगको सभाकक्षमा कामु सचिव महेश्वर न्यौपानेलाई सदस्य ठाकुरले दल दर्ताका लागि निवेदनसहितको आवश्यक कागजात बुझाए । त्यसलगत्तै आयोगले उनीहरुको निवेदन दर्ता गरेको थियो । दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनको दर्ता नम्बर ८३६६ रहेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गत वैशाख ७ गते एकीकृत भएपछि राजपाको जन्म भएको हो । राजपाले आफ्नो चुनाव चिह्न छाता प्रस्ताव गरेको छ ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानको केही अन्तरवस्तुमाथि फरक विचार राखेर आन्दोलन गर्दै आएका मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनको घोषणाले एकीकृत हुन दबाब सिर्जना गरेको थियो ।

एकीकृत दलको विधानलाई अन्तिम रुप दिने क्रममा ती दलबीच विवाद देखिएका कारण दल दर्ता गर्न केही ढिलाइ भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्