
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रूपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला एक हजार १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रूपैयाँ छ । यसको मूल्य मंगलवार प्रतितोला ९९ हजार ८०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार ३७० रूपैयाँमा आएको महासंघले जनाएको छ ।