
अभ्यानी प्रोडक्सनको आयोजनामा मिस्टर एण्ड मिस नेपाल टिनको पाचौं संस्करण सम्पन्न भएको छ ।
काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित कार्यक्रममा किशोरीतर्फ श्रृष्टि महर्जनले मिस नेपाल टिन २०२२ को उपाधि हात पारिन् । साथै उनले अमेरिकाको मायामी स्टेटमा नाभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
त्यसैगरी श्रृष्टि भुषालले मिस नेपाल चिन चार्मको उपाधि जितिन् । उनले कोलम्बियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

किशोरतर्फको उपाधि अर्घाखाँचीका मन्दीप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्र्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि जिते ।
उपाधितर्फ मिस ट्यालेन्ट श्रृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस श्रृष्टि भुसाल, मिस फोटोजेनिक सदीक्षा खनाल, मिस क्याटवाक सञ्जना भण्डारी, मिस इन्टेलेकचुवल श्रृष्टि भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटी विथ पर्पसको अवार्ड याशिका सिंहले हात पारिन् ।
त्यसै गरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दीप भुसाल र राम एक्वाल यादवले हेन्डसम विथ परप्सको उपाधि हात पारे ।